मंगलबारदेखि पोखरामा मनकामना केबलकार पोखरा कप

पोखरा
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा मड्डलबारदेखि पोखरा रड्डशालामा मनकामना केबलकार पोखरा कप–२०७१ शुभारम्भ हुँदैछ।
माघ ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विदेशी दुई टीमसहित १२ टीमको सहभागिता रहेको छ।उद्घाटन खेल ए डिभिजनको क्लब सरस्वती क्लब र झापाको रोनिङ क्लबबीच हुने उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।
पोखरा कपको चौथो संस्करणको रूपमा रहेको प्रतियोगितामा विदेशीतर्फ हङकङको एभरेष्ट फुटबल क्लब र भूटानको बिसी एफसीको सहभागिता रहनेछ यस्तै स्वदेशीतर्फ आयोजक पोखरा–११, ए डिभिजनका विभागीय टीम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, लिग एवं डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, सरस्वती क्लब तथा रूपन्देही फुटबल सङ्घ, धरान फुटबल क्लब र झापाको रोलिङ फुटबल क्लब रहेको छ।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।
१२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दर्शकको सुविधाको लागि पहिलो चरण र दोस्रो चरणका खेलसम्म  रु. ५० तथा  क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलको लागि रु. एक सयको टिकट व्यवस्था गरिएको छ।
प्रतियोगिता सञ्चालन गर्न ६२ लाख खर्च तथा सोही बराबरको आम्दानी हुने अपेक्षा गरिएको अर्थ सड्ढलन उपसमितिका संयोजक मदन केसीले जानकारी दिए।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले गर्ने कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमसिंह लामिछानेले जानकारी दिए।

Comment