पुरन र दिपक उज्बेकिस्तान जाने


काठमाडौं । एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली राष्ट्रिय बक्सिङ टोलीक«ो बिदाई गरिएको छ । सातदोबाटोस्थीत अन्तर्राष्ट्रिय खेलकुद परिषदमा आ«योजित कायत्र्रmममा टोलीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्यसचिव केशव कुमार विष्टले बिदाई गरे । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी लगायतले शुभकामना दिदै बिदाई गरे ।
आगामी अप्रील ३० देखि मे ८ सम्म एसिया बक्सिङ कन्फेडेरेसनको आयोजनामा हुने प्रतियोगितामा सहभागि हुने टिमको नेतृत्व नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गरेका छन् । उनको नेतृत्वामा दुई खेलाडीमा पुरुष ५६ केजीमा पुरन राई र ६४ केजी तौलमा दिपक श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । टिम प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, विष्णु गोपाल श्रेष्ठ र ब्यवस्थापकमा संघका कोषाध्यक्ष गौतम सुजखु पनि उज्बेकिस्तानको तास्केन्ट प्रस्थान गर्नेछन् । उक्त च्याम्पियनसिप आगामी सेप्टेम्बरमा जर्मनीमा हुने एआइबीए वल्र्ड बक्सिङ च्याम्पियनसिप २०१७ को क्वालिफाइङ खेल समेत हो । यस प्रतियोगितामार्फत एक तौलसमुहमा ६ खेलाडी छनोट हुनेछन् । दिपक भारतमा सम्पन्न १२औँ सागका कांस्य विजेता समेत हुन् । उक्त टोली बिहिबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।
विदाइको अवसरमा नेपाल बक्सिङ संघका सदस्य ओमनारयण श्रेष्ठले एकेडेमी निर्माणका लागि ५ लाख दिन घोषणा गरे । उनले खेलाडि प्रोत्सानका लागि प्रत्येक बाउट बिजेतालाई २५ हजार र छनोट भएको खण्डमा ५० हजार नगद दिने बताए । त्यस्तै विष्णु गोपाल श्रेष्ठले खेलकुदमा ऐतिहासिक धरोहर बोकेको बक्सिङ खेल एकजुट भएर अगाडी बढ्नु पर्ने आवश्यकता औल्याए । संघका वरिष्ठ उपाध्यक्ष केसीले खेलाडीबाट पनि बक्सिङ खेल विकासमा धेरै आशा लिएको बताए । बिदाई कार्यक्रममा खेलाडि प्रोत्साहनका लागि मानार्थ आजिवन अध्यक्ष विष्णु गोपाल श्रेष्ठ र अध्यक्ष अवालेले प्रतियोगिताका दौरान खेलाडिले एक बाउट जितेमा ५० हजार र छनोट भएको खण्डमा १ लाख दिने घोषणा गरे । त्यस्तै संघका पुर्व महासचिव दिपक गुरुङले खेलाडिले ३ राउण्ड मात्र पुरा गरेको खण्डमा २० हजार नगदले सम्मान गर्ने बताए । उनले खेलाडिका लागि ट्याक सुट पनि उपलब्ध गराएका थिए ।

Comment