खेलकुद पत्रकार मञ्च कास्कीको अध्यक्षमा न्यौपाने

NSJF Pokhara New Committee
पोखरा
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको सोमबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि प्रेमनारायण न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
समितिको उपाध्यक्षमा सन्देश श्रेष्ठ, सचिवमा दिननाथ बराल, सहसचिवमा अर्जुन गिरी, कोषाध्यक्षमा हिमाल लम्साल तथा सदस्यमा रञ्जन अधिकारी, रोहितराज पराजुली, विजय नेपाल, उमेश पुन र सुरेनकुमार सुशील रहेका छन्। समितिमा एक सदस्य पछि थप गरिनेछ। मञ्चमा चार जना पुरानै अनुहार हुन् भने बाँकी सबै नयाँ हुन्।
अध्यक्ष र उपाध्यक्षबाहेक सबै पदमा निर्विरोध भएको थियो। अध्यक्ष पदको लागि भएको निर्वाचनमा न्यौपानेले १८ मत ल्याइ विजयी भए भने प्रत्यासी सागरराज तिमिल्सिनाले १७ मत ल्याएका थिए।यस्तै उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा सन्देश श्रेष्ठले १९ मत ल्याएर निर्वाचित भए भने प्रत्यासी एकराज गिरीले १६ मत प्राप्त गरेका थिए। मञ्चका ३९ जना सदस्यमध्ये निर्वाचनमा ३५ जनाले मतदान गरेका थिए।चारजना अनुपस्थित थिए।
अध्यक्षमा निर्वाचित न्यौपाने सदस्य, कोषाध्यक्ष, सचिव हुँदै यसअघिको कार्यसमितिमा उपाध्यक्ष पदमा थिए। विगत डेढ दशकदेखि खेलकुद पत्रकाररितामासक्रिय न्यौपाने आदर्श समाज दैनिकका भाषा सम्पादक समेत हुन्।
नेपाल खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्ष निरञ्जन राजवंशी संयोजक तथा दीपेन्द्र श्रेष्ठ र प्रकाश बराल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले निर्वाचनप्रक्रिया पूरा गरेको थियो।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रुद्र भट्टले मञ्चले गर्ने हरेक कार्यक्रममा महासङ्घको सहयोग रहने बताए।
नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष अजय फुँयालले खेलकुद पत्रकार मञ्च विशुद्ध विट पत्रकारिता गर्नेहरूको संस्था भएकोले यसलाई राजनीतिक रङ दिन नहुने बताए। उनले कास्की शाखाले गर्ने हरेक कार्यक्रममा केन्द्रीय समितिको पूर्ण सहयोग रहने भन्दै त्यसको लागि आफूहरू हातेमालो गर्ने बताए।
निर्वाचन संयोजक निरञ्जन राजवंशीले निर्वाचन प्रक्रियालाई स्पोर्टस्म्यानसीपको आधारमा लिनुपर्ने भन्दै नयाँ कार्यसमितिको लागि तीन वर्ष निकै चुनौतीपूर्ण रहेको बताए।
नवर्विाचित अध्यक्ष प्रेमनारायण न्यौपानेले आÇनो कार्यकालमा प्रत्येक वर्ष स्पोर्टस् अवार्ड र सदस्यहरूको क्षमता अभिवृद्धिको लागि विभिन्न तालिम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अध्यक्षका प्रत्यासी सागरराज तिमिल्सिना र उपाध्यक्ष पदका प्रत्यासी एकराज गिरी तथा निर्वाचन समितिका सदस्य दीपेन्द्र श्रेष्ठले पनि बोलेका थिए।कार्यक्रमको सञ्चालन मञ्चका संस्थापक सचिव केशव पाठकले गरेका थिए।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुँयालले काठमाडौंपछि सबैभन्दा धेरै खेलकुद कार्यक्रम पोखरामा हुने भएको र राष्ट्रिय मिडियामा पोखरालाई मिनीमाइज नगरिएको बताए।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रुद्र भट्टले २०५७ सालमा स्थापना भएको मञ्च यो अवस्थामा आइपुग्दा आफूलाई खुसी लागेको बताए।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले उनले पोखरामा देशको सबैभन्दा ठूलो कभर्ड हल निर्माणाधीन अवस्थामा रहेको भन्दै काठमाडौंको मिडियाले पोखरालाई केही वायास गरेको आफूले पाएको गुनासो गरे। उनले पोखरा रड्डशालामा प्यारापिट बनाउने सन्दर्भमा भारतीय राजदूतावाससँग भएका प्रयासको बारेमा स्पष्ट पार्दै पोखरेलीहरूको आत्सम्मानमा चोट पुग्ने कुनै पनि काम नगर्ने दाबी गरे।
मञ्चका निवर्तमान अध्यक्ष निरञ्जन राजवंशीले पोखराले अनिल गुरुङ, झरना गुरुङ, मञ्जु गुरुङ, सिपोरा गुरुङजस्ता प्रतिभा उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा चिनाउने काम गरेको बताए। खेलकुद पत्रकार मञ्चलाई चिनाउने काममा पोखरेली खेलकुदकर्मीहरूको महŒवपूर्ण सहयोग रहेकोे बताए।
पर्यटन परिषद्का अध्यक्ष सूर्य भुजेलले पोखरामा खेलकुदका साथै पर्यटनको प्रवद्र्धनको लागि खेलकुद पत्रकारहरूले खेलेको भूमिका अतुलनीय रहेको बताए।
सो अवसरमा नेपाली खेलकुदको विकास र विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै अखिल नेपाल फुटबल सङ्घका उपमहासचिव एवं बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मान गरिएको थियो। उनलाई प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए।
सम्मानित व्यक्तित्व भट्टराईले खेलकुदलाई राजनीतिले बिगारेको आरोप लगाए। उनले यहाँको खेलकुद विकासमा खेलकुद पत्रकारहरूको भूमिका नगण्य रहेको भन्दै आÇनो कार्यकालमा दुईजना पत्रकारलाई अन्तर्राष्ट्रिय गेममा सहभागी गराउने प्रतिवद्धता जनाए।
कार्यक्रममा उसुका अन्तर्राष्ट्रिय खेलाडी झरना गुरुङलाई पनि सम्मान गरिएको थियो।
मञ्च कास्कीका अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमनारायण न्यौपानले स्वागत मन्तव्य तथा सचिव एकराज गिरीले सञ्चालन गरेका थिए।
तस्विर ः सुदर्शन रञ्जित

Comment