चेस मास्टर्समा रुपेसको अग्रता

rupesh
मदन भण्डारी स्पोृर्ट्स एकेडेमीको आयोजना तथा गोल्डेनगेट चेस क्लबको संयोजनमा जारी चेस मास्टर राउन्डरोबीन चेस प्रतियोगितामा गोल्डेनगेट कलेजका रुपेस जयसवालले अग्रता कायम गरेका छन् । तीन चरणको समाप्तीमा रुपेसको २.५ अंक छ । सोमबार उनले नर्वे ओलम्पियाडका सहभागि सजिन मर्हजन र रिेजेन्द्र राजभण्डारीलाई पराजित गरे ।  प्रतियोगितामा केशब श्रेष्ठ र जर्नादन श्रेष्ठको दुइ अंक छ । केशब र जर्नानले दोस्रो चरणमा बराबरी गरे भने तेस्रो चरणमा जर्नादनले मनीस हमालसंग तथा केशबले मदनकृष्ण कायस्थसंग बराबरी गरे ।
मनीस र मदनको १.५ अंक छ । दोस्रो चरणमा मनीसले बिलमलाल श्रेष्ठसंग हार ब्यहोरेका थिए भने मदनले रिजेन्द्रसंग बराबरी गरेका थिए ।
दोस्रो चरणमा नबीन तण्डुकारलाई हराउदै तेस्रो चरणमा सजिन मर्हजनसंग बराबरी गरेका प्रचण्ड मालाकारको १.५ अंक छ । तेस्रो चरणमा नबीन तण्डुकारसंग बराबरी गरेका बिलमलालको पनि १.५ अंक छ । सजिनको पनि १.५ अंक छ ।

Comment