थाइल्यान्ड ओपनमा राष्ट्रिय टोली


२०देखि २४ अप्रिलसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने थाइल्यान्ड ओपन कराते च्याम्पियनसीपमा सहभागि नेपाली टोलीका खेलाडीहरु त्यसतर्फ प्रश्थान गर्ने क्रम जारी रहेको छ । बुधबार काताका सहभागि त्यसतर्फ प्रश्थान गरेका छन् । बुधबार अफीसियल रबी मर्हजन र ज्ञान बहादुर मोक्तान सहित प्रशिक्षक गंगाराम मर्हजन तथा एकल कातामा सहभागि हुने परशुराम बास्तोला र निर्मला तामाङ्ग त्यस तर्फ प्रश्थान गरे । टिम कातामा सहभागि हुनेमा गुबीराम घले, अनील चौधरी,संगीता मगर, सुनिता नेपाली र कर्मा लामा रहेका छन् । परशुरामले टिम कातामा पनि सहभागिता जनाउने छन्
टोलीमा बाकी रहेका अन्य खेलाडीमा ५५ केजीमा सोनाम लामा,६० किलोमा रबिन्द« कार्की,८४ किलोमा दिवस श्रेष्ठ र विप्लब श्रेष्ठ तथा ८४ किलो माथिमा लेखनाथ मैनाली रहेका छन् । महिलामा ५० किलोमा कुसुम खड्का र अनु अधीकारी,५५ किलोमा मनीषा चौधरी र ६१ मा सपना लामा तथा ६८ मा विभुषा थापा छन् । ६८ किलो माथि कल्पना बस्नेतले सहभागिता जनाउने छिन् । प्रशिक्षकमा अकबर शाहको साथमा दुइ दिपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् ।

Comment