भारोत्तोलन टोलीको बिदाइ


एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ४ सदस्यीय नेपाली भारोत्तोलन टोली बिहीबार तुर्कमिनिस्तानको अस्गाबाट प्रस्थान गर्दैछ । अप्रिल २१ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८५ केजीमा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलबहादुर अधिकारीले प्रतिस्पर्धा गर्नेछन् । यो तौलसमूहको राष्ट्रिय कीर्तिमान कमलकै नाममा छ । बेइजिङ ओलम्पिकमा सहभागी उनको नाममा स्न्याचमा १ सय १३ र क्लिन एन्ड जर्कमा १ सय ५५ केजीको राष्ट्रिय कीर्तिमान छ । प्रशिक्षकमा ओलम्पियन सुनीललाल जोशी छन् ।
एसियाली प्राविधिक कमिटीका सचिव समेत रहेका नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त पनि टोलीसंगै अस्गाबाट जाँदैछन् । टोलीका अर्का सदस्य भारोत्तोलन संघका अध्यक्ष रतनकुमार तण्डन हुन् । उनी प्रतियोगिताकै दौरान हुने एसियाली भारोत्तोलन संघको कोंग्रेसमा भाग लिन जाँदैछन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा बिदाइ गरे ।

Comment