तेक्वान्दो टोली हङकङ प्रस्थान


हङकङमा हुने २१ औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको विदाई गरिएको छ । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा नेपाली राष्ट्रिय तेक्वान्दो टोली प्रशिक्षण केन्द्रमा बुधबार आयोजित एक कार्यक्रमकाबिच नेपाली टोलीको बिदाई गरिएको हो । उनिहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास संसेर राणा र प्रमुख प्रशिक्षक ध्रुव गुरुङलगायतले बिदाई गरे । सो अवसर संघका अध्यक्षले राणाले पछिल्लो सस्करणमा हासिल गरेको उत्कृष्ट नतिजालाई निरन्तरता दिन अनुरोध गरे । गतवर्ष ओलम्पियन निशा रावलले स्वर्ण तथा विकेश विडारी,सुजना खड्का,संजिला तिमील्सीना,संगिता बस्याल र मिसन रासकोटीले कांस्य पदक जितेका थिए । उक्त टोली बुधबार राती नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।
अप्रील २२–२४ सम्म हुने हङकङमा हुने च्याम्पियनसिपमा नेपाल १२ खेलाडी, एक प्रशिक्षक ,दुई ब्यवस्थापक र एक निर्णायकको सहभागीता रहेको छ । च्याम्पियनसिपमा क्याडेट २९ केजीमुनिमा सुप्रीमा बजगाई,जुनियरको ४२ केजीमुनि दक्षिण शाही ठकुरी र सिनियरतर्फ विकेश बिडारीले ७४ केजीमुनिमा प्रतिस्पर्धा गर्नेछन् । तीनै जना युनाईटेड तेक्वान्दो डोजाङ खेलाडी खेलाडी हुन् । विकेशले गतवर्षकै सस्करणमा कांस्य जितेका थिए । दक्षिणा र सुप्रिमाले गत महिना नेपालमै सम्पन्न प्रथम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।
अन्य खेलाडीमा सिनीयरतर्फ मिसन रासकोटीले ५८ केजीमुनि,सुमित्रा खत्रिले ७३ केजीमाथी,सागर तिमील्सीनाले ६८ केजीमुनि,रोबिन राईले ५४केजीमुनि,अम्रीत थापाले ६३केजीमुनि,आकाश पुनले ६८ केजीमुनि,क्याडेटमा ४५ केजीमुनिमा सुजन गुरुङ र जुनियरको ५४ केजीमुनि प्रकास थापाले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । पुम्सेको ३० वर्षमाथी सुरज श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा कुमार लामा घिसिङ, निर्णायकमा नोर्बु लामा र टिम ब्यवस्थापकद्धयमा राजिव मर्हजन र राजु खड्का रहेका छन् । उक्त प्रतियोगिताका एसियाका विभिन्न १३ राष्ट्रको सहभागीता रहेको छ ।

Comment