मिगुलको बिदाइ


नेपाल मार्सल सेल्फ डिफेन्स संघले ग्रान्ड मास्टर मिगुल अब्ब्रमलाई बिदाइ गरेको छ । संघका अध्यक्ष डिवी रानापाल, महासचिव वाङजु लामा, संघकी कोषाध्यक्ष समेत रहेकी प्रमुख प्रशिक्षक सन्जु महर्जनलगायतले अब्ब्रमलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
अब्ब्रम प्रथम अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार सञ्चालन गर्न नेपाल आएका थिए । सोलुखुम्बुको पतालेमा भएको उक्त सेमिनारमा नेपालबाट १६१, पोर्चुगलबाट १७ र भारतबाट २ गरी जम्मा १ सय ८० जनाले सहभागिता जनाएको प्रमुख प्रशिक्षक महर्जनले जनाएकी छन् ।
बैशाख १ र २ गते भएको सेमिनार सञ्चालन गर्न प्रमुख प्रशिक्षक महर्जनले अब्ब्रमलाई सहयोग गरेकी थिइन् । त्यसअघि पूर्व मन्त्री गोकर्ण विष्टलगायतले आइतबार आयोजित एक विशेष कार्यक्रममा अब्ब्रमलाई विदाइ गरेका थिए ।

Comment