फाइनल खेल फेरी सर्यो

apf volley ball team
बुटवलमा जारी १९ औ महिला राष्ट्रिय भलीबल प्रतियोगिताको फाइनल आइतबार पनि बर्षाको कारण सम्भब भएन । आइतबार फाइनल खेल स्थगती हुदा साविक विजेता एपीएफ क्लबले साविक उपविजेता नेपाल पुलिस क्लब माथि २–१ को अग्रता लिएको थियो ।
खेलमा एपीएफ २३–२५,२५–२३,२५–२३,२०–१७ ले अघि रहेको थियो । गत बर्ष पोखरामा भएको प्रतितयोगिताको १८ औ सस्करणमा सहजै उपाधि जितेको एपीएफले यस पटक भने कडा संघर्षको सामना गर्नु पर्यो ।  केही बर्ष देखि एपीएफ नेपालको उत्कृष्ट महिला भलीबल टोलीको रुपमा रहदै आएको छ ।

Comment