कुलेश्वरमा युथ सेन्टर स्थापना


नेपाल युथ प्रोग्रामले अर्को युथ सेन्टर स्थापना गरेको छ । जनवरी देखि नै कुलेश्वर सेन्टरमा कार्यक्रम सुरु भइसकेको छ । खेलाडी प्रशिक्षण कार्यक्रममा ८ देखि १८ बर्ष उमेर समुहका खेलाडीलाई राजन नेपाली र राजु सिंह मर्हजनले प्रशिक्षण दिने छन् । राजीव नेपालीले सञ्चालन गरेको यो परियोजनामा नेपाली फुटबलको विकासमा महत्वपूर्ण भुमिका रहेका जर्मन होल्गर ओभरम्यान प्राबीधीक सल्लाहकार रहेका छन्
“ हाम्रो ध्यान फुटबल मार्फत राम्रो नागरिक उत्पादन गर्ने हो ”, परियोजनाका निर्देशक राजीव नेपाली बताउछन् । बुन्डेसलीगा क्लब वायरन म्युनिख र इयानट्रायक्ट फ्रान्कफर्टका साथै फ्रेन्च बेकनबउर फाउन्डेसन,जर्मन ओलम्पिक कमिटी र फीफको सहयोगमा परियोजना सञ्चालन भइरहेको हो ।
“ मैले अफगानीस्तान, पाकिस्तान, इस्ट टिमोर र श्रीलंकामा मयसै खाले कार्यक्रममा निर्देशन गरेको छु । तर, नेपालमा यस खाले कार्यक्रममा सरिक हुदा सन्तुष्टि मिल्छ”, ओभरम्यान भन्छन् । कुलेश्वरमा भइरहेको कार्यक्रममा कुलेश्वर आवास युथ काउन्सीलले सहयोग गरेको छ ।

Comment