आरबीबी–एनभिए भलिबलमा एपीएफ र हेल्प नेपाल शिर्ष स्थानमा


हेल्प नेपाल स्पोट्र्स क्लब तेश्रो आरबीबी– एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको पुरुषतर्फ अपराजित रहदै शिर्ष स्थानमा उक्लिएको छ । साबिक बिजेता हेल्प नेपालले शुक्रवार दोहोरो सफलता हात पादै ५ खेलबाट १५ अंक बनाएको छ । हेल्प नेपालले पहिलो खेलमा जाउलाखेललाई २५–१८,२५–१२ र २५–१९ को सोझो सेटमा हराउदा दोश्रो खेलमा एपीएफ क्लबलाई २५–१९,२५–१७ र २५–२२ कै सोझो सेटमा हरायो । त्यस्तै अन्य खेलमा पुलिस र आर्मीले सफलता हात पारेका छन् । पुलिसले बुटबलको मणिमुकुन्दलाई २५–१२,२५–१६ र २५–२१ को सोझो सेटमा हरायो । आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५–१२,२५–७ र २५–१३ को सहज जित निकाल्यो । जारी लिगमा पुलिस दोश्रो स्थानमा रहेको छ । पुलिस र आर्मीले ५ खेलबाट समान १३ अंक जोडेका छन् । पुलिससग पराजित भएको आर्मी तेश्रो स्थानमा झरेको छ । पुरुषतर्फ हेल्पनेपाल,पुलिस र आर्मी तीनै टिम उपाधि दौडमा कायमै छन् ।
महिलातर्फ एपीएफले आफ्नो अग्रतालाई कायमै राखेको छ । शु्क्रवार भएको आफ्नो चौथो खेलमा एपीएफले पश्चिमाञ्चल टप्सलाई २५–९,२५–१३ र २५–१२ को सोझो सेटमा हरायो । एपीएफले ४ खेलबाट अपराजित रहदै १२ अंक जोडेको छ । त्यसैगरि अपराजित रहेको न्युडायमण्ड एकेडेमीले आर्मीलाई २५–१२,२५–१४ र २५–१० को सोझो सेटमा हरायो । दोश्रो स्थानमा रहेको न्युडायमण्डले ३ खेलबाट ९ अंक बनाएको छ । महिलातर्फ एपीएफ र न्युडायमण्ड उपाधि दौडमा रहेका छन् । अर्को खेलमा पुलिसले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५–५,२५–७ र २५–३ को सहज जित निकाल्यो । पुलिसले ४ खेलबाट ६ अंक जोडेको छ । पश्चिमाञ्चल ३ खेलबाट ३ अंक जोड्न सफल भएको छ । जाउलाखेल अंक बिहिन छ ।

Comment