धनगढी प्रिमियर लिगमा कञ्चनपुर आइकोनिकको रोमाञ्चक जित धनगढी क्रिकेट लिगको च्याम्पीयन चौराहको लागतार दोस्रो हार


धनगढी ।सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा कञ्चनपुर आइकोनिकले रोमाञ्चक जित हासिल गरेको छ । आईकोनिकले धनगढी टिम चौराहालाई ११ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनायो । कञ्चनपुरका लागि सुनिल धमलाले ३७ बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए । सागर पुनले ४३ बलमा २० रन वनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई विकेट लिए । सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिए ।
बिहीबार सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाएर अल आउट भयो । धनगढीका लागि पारस खड्काले २३ बलमा २३ रन, आरिफ शेखले ३२ बलमा २२ रन पृथु बास्कोटाले १७ बलमा १९ रन र अनिल मडण्लले १५ बलमा १२ रन बनाए । धनगढीका चार जना ब्याट्सम्यान शून्यमा आउट भए । प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए । धनगढीले ५ रन जोड्दा आफ्ना वाकी सवै विकेट गुमाएको हो ।
कञ्चनपुरलाई जिताउन अभिनाश कर्णले तीन, ललित भण्डारी र चन्द्र साउदले दुई दुई विकेट लिए । सिद्धान्त लोहनी र सुनिल धमलाले एक एक विकेट लिए ।

Comment