केशबको विजयी सुरुवात

biddya utghatan
मदन भण्डारी स्पोृर्ट्स एकेडेमीको आयोजना तथा गोल्डेनगेट चेस क्लबको संयोजनमा जारी चेस मास्टर राउन्डरोबीन चेस प्रतियोगितामा शिर्ष बरियताका खेलाडी राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठले विजयी सुरुवात गरेका छन् । पहिलो चरणमा केशबले फीडे मास्टर बिलम लाल श्रेष्ठलाई हराए । पहिलो चरणका अन्य खेलमा जर्नादन श्रेष्ठले रिजेन्द्र राजभण्डारीलाई सजिन मर्हजनले नबीन तण्डुकारलाई र मनीष हमालले प्रचण्ड मालाकारलाई पराजित गरे ।
प्रतियोगिताको मदन भण्डारी फाउन्डेसनकी प्रमुख तथा नेकपा एमालकी उपाध्यक्ष विद्या भण्डारीले उद्घाटन गरिन् । मदन भण्डारी मेमोरियल कलेजमा जारी प्रतियोगितामा राउन्ड रोबीनका आधारमा नौ चरणका खेल हुने छ  । प्रतियोगिता पाच दिनसम्म चल्ने छ ।

Comment