पुलिसर न्युडायमण्डको जित


नेपाल पुलिसले ‘तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’प्रतियोगितामा आर्मीमाथी रोमाञ्चक जित हात पारेको छ । पुरुषतर्फकोे खेलमा चिर प्रतिद्धन्दी नेपाल पुलिस क्लबले नेपाल आर्मीलाई ३–२ को सेटमा स्तब्ध बनेपछि महत्वपुर्ण दुई अंक जोडेको हो । पुलिसले आर्मीलाई २५–१८,१८–२५,२३–२५,२५–२३ र १५–१२ को सेटमा पाखा लगायो । पुलिसले अपराजित रहदै दुइ खेलबाट ४ अंक बनाएको छ । पुलिसले एपीएफ र आर्मीसग ३–२ को सेटमा जित निकाले पछि दुवै खेलमा दुइ–दुइ अंकमात्र जोड्न सफल भयो । पुलिससग हार बेहोरेको आर्मीले ३ खेलबाट ७ अंक बटुल्दै लिगको शिर्ष स्थान ओगटेको छ ।

पुरुषकै अर्को खेलमा अपराजित रहेको हेल्प नेपालले बुटवलको मनिमुकुन्दलाई २५–२२,२५–२० र २५–१७ को साझो सेटमा हराउदै दुई खेलबाट ६ अंक बनाएको छ । विभागिय टिम शसस्त्र प्रहरी बलको एपीएफले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१७,२५–१६ र २५–१८ को सोझो सेटमा हरायो । दुई खेल खेलको एपीएफले ४ अंक जोडेको छ । पुरुषतर्फनै जाउलाखेलले बुधबार भएको दोस्रो खेलमा ढोरपाटन क्लबलाई ३–१ ले हराउदै तीन अंक बटुलेको छ । जाउलाखेलले ढोरपाटनमाथी २१–२५,२५–१६,२७–२५ र २५–१८ को जित निकाल्यो ।
नेपालको प्रतिष्ठीत राष्ट्रिय बाणिज्य बैकको मुख्य प्रायोजन तथा नेपाल भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगिताको महिलातर्फ न्युडायमण्ड एकेडेमीले बिजयी शुरुवात गरेको छ । बुधबार दशरथ रंगशालास्थीत कभर्डहलमा भएको महिलातर्फको आफ्नो पहिलो खेलमा न्युडायमण्डले पश्चिमाञ्चल टप्सलाई ३–० को सोझो सेटमा हराउदै ३ अंक बटुल्यो । न्युडायमण्डले पश्चिमाञ्चलमाथी २५–२३,२५–१६ र २५–१५ को जित हात पार्न सफल भयो । महिलातर्फ एपीएफ,पुलिस र आर्मीले पनि समान ३ अंक बनाएका छन् । दोश्रो खेलमा ३ अंक जोडेको नेपाल आर्मीले जाउलाखेल प्रशिक्षण केन्द्रलाई २५–१३,२५–१३ र २५–१० को सोझो सेटमा हरायो ।
लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जावलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जावलाखेल स्पोर्टस क्लबको सहभागिता रहेको छ । कुल २१ लाख रुपैयाँ बजेट रहेको लिगको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

Comment