निशान र सब्बा उत्कृष्ट खेलाडी


टोखा साम्बो च्याम्पियनको पुरुषमा निशान लिम्बू र महिलामा सब्बारानी महर्जन बुधबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सब्बाले ५० केजीमा रजत तथा निशानले ५० केजीमै स्वर्ण जितेका थिए । सन्तोष श्रेष्ठ अनुशासित खेलाडी चुनिए । नेपाल साम्बो फेडेरेसनद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा प्रमोद श्रेष्ठ, ६२ केजीमा दिनेश महर्जन, ६० केजीमा गोविन्द विष्ट, ४५ केजीमा पदम दमाईं र ३५ केजीमा उज्वल खड्काले स्वर्ण जिते ।
महिलाको ५० केजीमा धनदेवी रोकाया, ४५ केजीमा रजिना श्रेष्ठ र ३० केजीमा कुसुम बालिकाले पहिलो स्थान हात पारे ।
विजेतालाई टोखा नगरपालिकाका प्रतिनिधि गोविन्दप्रसाद वाग्ले, आयोजक फेडेरेसनका उपाध्यक्ष बाबुराजा महर्जन, महासचिव उत्तम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले उद्घाटन गरेका थिए । एकदिने प्रतियोगितामा ६० खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment