आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबलमा पुलिसको विजयी सुरुवात


नेपाल आर्मीले ‘तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगितामा दोहोरो सफलता हात पारेको छ । दशरथ रंगशालास्थीत कभर्डहलमा मंगलबबार भएको पहिलो खेलमा आर्मीले ढोरपाटन स्पोट्र्स क्लबलाई २५–११,२५–१० र २५–१७ को सोझो सेटमा हरायो । दोश्रो खेलमा आर्मीले बुटबलको मणिमुकुन्द भलिबल क्लवमाथी २५–११,२५–१६ र २५–२१ को सोझो सेटमा हराउदै ६ अंक जोडेको छ । त्यसैगरी पुरुषतर्फकै अन्य खेलमा प्ुलिस र हेल्प नेपालले बिजयी शुरुवात गरेका छन् । पुलिसले शसस्त्र प्रहरी बलको एपीएफ क्लबमाथी ३–२ कोे रोमाञ्चक जित निकाल्दै २ अंक बटुल्यो । उत्कृष्ट प्रदर्शन गरेर हार बेहोरे पनि एपीएफले १ अंक खोस्न सफल भयो । पुलिसले लगातार पहिलो र दोश्रो सेट २५–१७ र २५–१६ ले जितेको थियो । तर तेश्रो र चौथो सेटमा एपीएफले खेलमा फर्कदै २५–२३ र २५–२१ ले सेट आफ्नो पक्षमा पादै खेल २–२ को अवस्थामा पुर्यो । निर्णायक सेटमा ९–११ ले पछि परेको पुलिसले उत्कृष्ट खेल प्रदर्शन गदै १६–१४ को रोमाञ्चक जित निकाल्यो । त्यस्तै हेल्प नेपालले ढोरपाटन क्लबलाई २५–१२,२८–१८ र २५–१८ को सोझो सेटमा स्तब्ध बानउदै ३ अंक जोड्न सफल भयो ।
राष्ट्रिय बाणिज्य बैकको मुख्य प्रायोजन तथा नेपाल भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगिताको महिलातर्फको उद्घाटन खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–२१ जिते पनि दोश्रो सेट जित्नकालागि निकै सघर्ष गर्नु पर्यो । दोश्रो सेटमा उत्कृष्ट प्रर्दशन गरेका आर्मीले पाँच पटक सम्म सेट पइन्टमा पुगे पनि नतिजामा परिणत गर्न सकेन् । पुलिसका अनुभबी खेलाडिले ३४–३२ को लामो सेट नतिजा परिणत गदै २–० को अग्रता लिए । तेश्रो सेटमा पुलिसले शुरुवाती अग्रता लिदै २५–१७ ले नतिजा आफ्नो पक्षमा पादै ३ अंक जोड्यो । महिलाकै अर्को खेलमा एपीएफले जाउलाखेल प्रशिक्षण केन्द्रलाई २५–७,२५–७ र २५–४ ले हराउदै तीन अंक बटुल्न सफल भयो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्टले गरे । उद्घाटनका अवसरमा आठौँ दक्षिण एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टिमका उपकप्तान एवम् प्रभावशाली खेलाडी हाल मकाउ बसोबास गर्दै आएका दिपक थापाले लिगको लागि ५० हजार नगद प्रायोजन गरे ।
लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जावलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जावलाखेल स्पोर्टस क्लबको सहभागिता रहेको छ ।
कुल २१ लाख रुपैयाँ बजेट रहेको लिगको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

Comment