गोजुरियो टोली सम्मानीत

gojurio samman
बंगलादेशको ढाकामा ११ देखि १३ पुषसम्म भएको दक्षिण एसियाली गोजुरियो कराते  प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल नेपाली टोलीलाई आइतबार राष्ट्रिइ खेलकुद परिषद् र नेपाल गोजुरियो करातेसंघले संयुक्त रुपमा सम्मान गरेको छ । राष्टिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले टोलीका अधीकारी, रेफ्रि र खेलाडीलाईसम्मान पत्र प्रदान गरे ।
संघका बिआर मित्राको नेृतत्वमा गएको टोलीमा प्रकास चन्द र पेम्बा तामांग रेफ्रिको रुपमा सहभागि थिए । टोलीका कुबेर खड्काले एकल काता र ७५ किलोमा स्वर्ण पदक जितेका थिए । सुरज कुश्मीले ६५ किलो, ज्याम बहादुर तामांगले ७५ किलो र गंगेश्वरी शाहीले ५५ किलोमा स्वर्ण पदक पाएका थिए ।
सन्देश लामाले ४५ किलो, फूर्वा सिंह तामांगले ५० किलो नरेस चन्दले ५५ किलो तथा पवन शाहुले ६० किलोमा रजत पदक पाएका थिए । बहादुर सिंह आडले ८४ किलो भन्दा माथिको तौल समुहका काश्य पदक जितेका थिए ।

Comment