राजुलाई उपाधि


ललितपुरको दुर्गम क्षेत्रमा अवस्थित गोटिखेल जनहित क्लबको रजत जयन्तीको शुभ अवसरमा गोटीखेल महाँकाल माध्यमिक विधालयमा आयोजित बुद्धिचाल प्रतियोगिताको उपाधि करुणामय साकोसका राजु ताम्राकारले हात पारेका छन्। उनले थापाथली चेस क्लबका सुमन राईलाई चौथो चरणको खेलमा पराजित गरे भने पाँचौ चरणको खेलमा गोटीखेलका बलराम दुलाल हराउन सफल भए। अपराजित रहेका उनले साढे ४ अंक जोडेका थिए। राजुले १० हजार पुरस्कार प्राप्त गरे।
त्यसैगरी पुर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले ४ अंक चौथो चरणको खेलमा ललितपुरका सजिन महर्जन निरास पारे भने पाँचौ चरणको खेलमा चरणको खेलमा संजय महर्जनलाई पन्छाई दोस्रो स्थान प्राप्त गरे । उनले ५ हजार नगद हात पारे। त्यस्तै सुमन राई तेस्रो र सजिन महर्जन चौथो भए। दुबैले जनहि रु २५ सय नगद प्राप्त गरे।

Comment