नगरकप फुटबल हुने


काठमाडौं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा काठमाडौं जिल्ला समन्वय समिति कार्यालयको आयोजनामा प्रथम काठमाडौं अन्तर नगरकप नकआउट फुटबल प्रतियोगिता जेठ १५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा काठमाडौंका १० नगरपालिकाको पुरुष टिम सहभागी हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी गराए ।
विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५१ हजार १ सय ५१ रुपैयाँ र तेश्रोले २५ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख ७७ हजार रुपैयाँ खर्च हुने बताइएको छ । नकआउट प्रतियोगिताका खेलहरु सानोगौचरणमा हुनेछन् ।

Comment