इनोभेटिभ र आर्मी विजयी


इनोभेटिभ बानेश्वर र आर्मीले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार जित हात पारेका छन् ।
इनोभेटिभले आयोजक विशाल मिलन केन्द्र (विएमके) लाई ७०–६७ ले पराजित ग¥यो । विजेताका सुमंग बोगटीले १६ अंक जोडे ।
आर्मीले साउथ साइडर्सलाई ९४–८० ले हरायो । आर्मीको जितमा विक्रम जोशीले १९ अंक जोडे । जितसंगै दोहोरो लिग प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा आर्मी १२ अंकसाथ शीर्ष दुई स्थानमा छ । पाँच टिम सहभागी प्रतियोगिताको पुरुषमा बंगलादेश नेभी १४ अंकसाथ शीर्ष स्थानमा छ । अपराजित नेभीले ७ खेल खेलिसकेको छ । आर्मीले पनि ७ खेल खेलेको छ । आर्मी पहिलो लेगमा नेभीसंग पराजित भएको थियो ।
प्रतियोगिताको अन्तिम दिन सोमबार बंगलादेश नेभी र आर्मीबीच हुने खेलले विजेताको टुंगो लाग्ने छ । आर्मीले उपाधि जित्न नेभीलाई ९ अंक अन्तरले हराउनु पर्ने हुन्छ ।

Comment