नेपाली टोली राम्रो प्रशिक्षण गर्नेमा आशाबादी

cricket photo

अनील मल्ल ठकुरी

नामिबियामा यसै महिना हुने डिभिजन २ का लागी नेपाली क्रिकेट टोलीले तिब्र अभ्यास सूरु गरेको छ  । प्रतियोगिताको तयारीका लागि क्यानले फिजिकल टे«रनरलाई नेपालमै बोलाइसकेको छ । भारतबाट बोलाइएका फिजिकल ट्रेनर बासिम अन्सारीले काम पनि सुरु गरिसकेका छन् ।
एसियाली क्रिकेट परिषद (एसीसी)को डेभलपमेन्ट अफिसरको रुपमा नेपाल आएका पूर्वभारतीय स्पीनर बैङ्कटा पति राजुले  तथा पूर्वश्रीलंकन खेलाडी रुमेश रत्नायकले नेपाली टोलीलाई खेलाडीहरुलाई प्रशिक्षण दिएका हुन् ।
भारतका प्रख्यात पूर्व्क्रिकेटर राजु एसीसीका स्पिन बलिङ हेर्ने विकास अधिकारी हुन् यसैगरी, रत्नायके पछिल्ला १३ वर्षदेखि एसीसीअन्तर्गत रहेर नेपाली टोलीलाई निखारिरहेका छन् ।
नामिबियामा हुन लागेको विश्व क्रिकेट लिग डिभिजन २ का लागि नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, नरेश बुढाएर, शरद, अमृत भट्टराई, आरिफ शेख, करन केसी र भुवन कार्र्की छन्।
चोटसंग संघर्ष गरिरहेका पृथु बाँस्कोटा, जितेन्द्र मुखिया र अविनाश कर्ण अझै राष्ट्रिय टोलीमा फर्कन नसके पनि नेपालले त्यो क्षतीलाई पुरा गर्दै आएको छ ।
जनवरी १७ देखि २४ सम्म हुने प्रतियोगिताका लागि घोषित १४ सदस्यीय टोलीमा राहुल बिक, रमनरेश गिरी, राजेश पुलामी र महबुब आलम वैकल्पिक सूचीमा छन।
आइसिसीको हाई पर्फर्मेन्स कार्यक्रम अनुसार नेपालले दक्षिण अफ्रिकामा केही अभ्यास खेलसमेत खेल्नेछ । दक्षिण अफ्रिकामा प्रशिक्षणपछि नेपाली टोली नामिबिया पुग्नेछ । डिभिजन २ को टिम व्यवस्थापकमा दिवाकर घले, सहायक प्रशिक्षकमा विनोद दास, टेकिनकल एनालिस्टमा रमन सिवाकोटी र फिजियोमा दिनेश भट्ट नियुक्त गरेको छ ।
डिभिजन २ मा नेपालले आयोजक नामिबियासँगै केन्या, नेदरल्यान्ड्स, क्यानाडा र युगान्डासँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीका प्रशिक्षक पपुदू दसानायकेले बन्द प्रशिक्षण दौरान खेलाडीहरुको ब्याटिङ र बलिङ स्कील बढाउन खाजीएको बताउछन्। साथै दक्षीण अफ्रीकामा हुने अभ्यास खेलले थप मदत हुने दसानायकेको भनाइ छ।
नेपाली टोलीका पूर्व कप्तान एवमं हालका सहायक प्रशिक्षक बिनोद दास पनि ब्याटिङ र बलिङ स्कील सुधार गरिएको बताउछन् ।
त्यस्तै नेपाली टालीका उपकप्तान ज्ञानेन्द्र मल्ल ओभरल हर्ने हो  भने पहिलेको तूलनामा हाल ब्याटिङ र बलिङ दूबै तर्फ सुधार भएको बताउछन् ।

Comment