सुमनको एकल अग्रता


गोटीखेल जनहित क्लबको रजत महोत्सवका अवसरमा आयोजित बुद्धिचाल प्रतियोगिता आइतबारदेखि महांकाल मावि, गोटीखेलमा सुरु भएको छ । पहिलो दिन तेश्रो चरणको समाप्तिसम्म थापाथली चेस क्लबका सुमन राईले ३ अंकसाथ एकल अग्रता बनाएका छन् । उत्कृष्ट प्रदर्शन गरेका सुमनले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई पराजित गरे भने तेश्रो चरणको खेलमा थापाथली चेक पार्ककै आशिष फुयाललाई हराए ।
ललितपुरका सजिन महर्जन र करुणामय साकोसका राजु ताम्राकार साढे २ अंकसहित संयुक्त रुपमा दोश्रो स्थानमा छन् । सजिनले तेश्रो चरणको खेलमा ललितपुरका हरिकृष्ण श्रेष्ठलाई निराश पारे भने दोश्रो चरणको खेलमा आशिष फुयालसंग बराबरी खेले । राजु ताम्राकारले पहिलो चरणमा हरिकृष्णसंग बराबरी खेले भने दोश्रोमा स्थानिय बलराम दुलाल र तेश्रो चरणमा सञ्जय महर्जन विरुद्ध जित निकाले ।

Comment