न्यूटनलाई प्रथम महर्षी सोतोकान टिम उपाधी


न्यूटन स्कुल प्रथम महर्षी अन्तरस्कुल सोतोकान कराते प्रतियोगितामा टिम उपाधी हात पार्न सफल भएको छ । न्यूटनले ४ स्वर्ण २ रजत र २ कास्का साथ टिम उपाधी जितेको हो । दोश्रो भएको ह्वाईट हेभेनले ३ स्वर्ण, ६ रजत र ५ कास्य र तेश्रो भएको सिफल एकेडेमीले ३ स्वर्ण ४ रजत र ८ कास्य हात पा¥यो । विजयी टिमले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
सामाखुसीस्थित महर्षी स्कुलको आयोजनामा भएको प्रतियोगितामा पुरुष तर्फ लुम्बिनी स्कुलका आशिष कुमाल र महिला तर्फ न्यूटनकी रक्षा नगरकोटी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले नगद १ हजारका साथ प्रमाण पत्र र मेडल प्राप्त गरे । यस्तै उदियमान पुरुष खेलाडीमा सिफल एकेडेमीका साजन श्रेष्ठ र महिला तर्फ ज्ञान चच्छुकी मिङ्गमा शेर्पा घोषित भए । उनीहरुले नगद ५ सय रप्रमाण पत्र प्राप्त गरे ।
उपत्यकाका २० स्कुल, ५डोजो र एकेडेमीका गरि करिव १२० खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको पुरुष २०केजीमा ह्वाईट हेभेनका सोनाम शेर्पाले लुम्बिनीका संजित खत्रीलाई पराजित गदै स्वर्ण हात पारे । २५ केजीमा सिफल एकेडेमीका साजन श्रेष्ठले स्वर्ण हात पार्दा ह्वाईट हेभेनका विशाल थापाले रजत पाए । यस्तै ३० केजीमा आयोजक महर्षीका सन्तोष अधिकारीले ह्वाईट हेभेनका सुरज सेती मगरलाई पराजित गर्दै प्रथम स्थान हात पारे । ३५ केजीमा सिफलका कृष्ण तामाङ्गले स्वर्ण र सिफलकै अनुज लामाले रजत पाए । ४० केजीमा ह्वाईट हेभेनका हिमाल राज गुरुङ्गले आफ्नै स्कुलका किरण थापालाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । ४५ केजीमा लुम्बिनीका आशिष कुमाल र हवाईट हेभेनका यम बहादुर समाल पहिलो र दोश्रो भए । ५० केजीमा न्यूटनका उत्सव लिगलले महांकाल डोजोका दिनेश बिष्टलाई हराउंंदै स्वर्ण कब्जा गरे । यस्तै प्रतियोगिताको काता तर्फ महांकालका दिनेश बिष्टले स्वर्ण र आयोजक महर्षीका प्रविन कुँवरले रजत पाए । खुला तर्फ आयोजक महर्षीका सोहेल नेमकुलले लुम्बिनीका कपिल काफ्लेलाई पछाडी पार्दै स्वर्ण पाए ।
महर्षी स्कुलको आफ्नै प्राङ्गणमा भएको प्रतियोगिताको महिला तर्फ २० केजीमा ह्वाईट हेभेनकी कामना मगर पहिलो, न्यूटनकी श्रृष्टी तामाङ्ग दोश्रो र ज्ञान चच्छुकी उर्वशी सापकोटा तेश्रो भए । २५ केजीमा महांकालकी कामना थापा मगरले स्वर्ण हात पार्दा डाईमन्डकी स्वस्तिका महर्जनले रजतमा चित्त बुझाईन् । ३० केजीमा सिफल डोजोकी मनिस्का श्रेष्ठले ह्वाईट हेभेनकी मन्दिरा काफ्लेलाई पराजित गर्दै स्वर्ण पाईन् । ३६ केजीमा लुम्बिनीकी अश्मिता योगीले सिफलकी युवन महर्जनलाई पाखा लगाउंदै स्वर्ण प्राप्त गरिन् । ४० केजीमा न्यूटनकी श्रिद्धि राईले सिफलकी जस्टिना किर्ति राईलाई हराउंर्दै स्वर्ण पाईन् । ४५ केजीमा ज्ञान चच्छुकी पासाङ्ग शेर्पाले स्वर्ण र न्यूटनकी फनिसरा पुर्जाले रजत पाए । ५० केजीमा लुम्बिनीकी अनिशा आले र अनु काफ्लेले क्रमशः स्वर्ण र रजत पाए । काता तर्फ न्यूटनकी रक्षा नगरकोटी प्रथम हुदा ज्ञान चच्छुकी पासाङ्ग शेर्पा दोश्रो भईन् । यस्तै खुला तर्फ न्यूटनकी रक्षा नगरकाटीले सिफलकी कविता पहरीलाई पाखा लगाउंंंदै स्वर्ण संख्यालाई दोब्बर पारिन् ।
बिजयी खेलाडीहरुलाई आयोजक बिद्यालयका अध्यक्ष प्रकाश चन्द्र दवाडी, नेपाल सोतोकान कराते संघका अध्यक्ष हेम कुमार श्रेष्ठ, रेफ्रि संयोजक अन्तराष्ट्रिय रेफ्रि राम लामा, प्रिन्सिपल हरि प्रसाद देवकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment