दिप्सन फुड्स जापानलाई उपाधि

 दिप्सन फुड्स जापानले चौथो नयाँबजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँबजारस्थीत टाउनप्लानिङमा शनिबार भएको फाइनलमा विभागिय टोली नेपाल आर्मीलाई स्तब्ध बनाउदै दिप्सन फुड्स जापानले उपाधि उचाल्यो । दिप्सन फुड्स जापानले आर्मीलाई ३–१ को सेटमा हराउदै यसअघि समुहचरणमा बेहोरेको हारको बदला समेत लियो । समुहचरणमा भने दिप्सन आर्मीसँग ३–१ कै सेटमा पराजित भएको थियो ।
भारतिय खेलाडीले भरिएको दिप्सन फुड्स जापानले पहिलो सेटको सुरुवातदेखि नै आर्मीमाथी दबाब सिर्जना गर्ने क्रममा उत्कृष्ट सर्भीस,स्पाइक र ब्लक प्रस्तुत ग¥यो । दिप्सनले पहिलो २५–१७ र दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै आर्मीमाथी दबाब सिर्जना ग¥यो । तर निकै रोमाञ्चक रहेको तेस्रो सेट २६–२४ ले आफ्नो बनाएपछि आर्मी खेलमा फर्कने प्रयास ग¥यो । यद्यपी चौथो सेटमा आर्मीले खराब प्रदर्शन गरेपछि २५–१४ ले सेट गुमाएसँगै उपाधिबाट वन्चित बन्यो । दिप्सनको जितमा भारतीय खेलाडी विनीत कुमार र नेपाली खेलाडी सञ्जु विक्रम शाहले उत्कृष्ट प्रदर्शन गरे ।
उपाधि विजेता दिप्सनका प्रशिक्षक राजकुमार गुरुङले आफ्नो खेलाडीको उत्कृष्ट तालमेलले बलियो टोली आर्मीलाई पराजित गर्न सफल भएको बताए । उनले भने‘समुह चरणको तुलनामा अहिले टिम सेट भयो । रणनिती अनुरुप आर्मीका खेलाडीको स्पाइक सुरुआतदेखि नै ब्लक गर्न हामी सफल भयौँ । जसले गर्दा हामी टिम हाबी भयौं ।” आर्मीका प्रशिक्षक जगदिश भटृले खेलाडीलाई आवश्यक मात्र आराम नमिल्दा सोचे अनुरुप खेल्न नसकेको बताए । उनले भने ‘विपक्षी टिमलाई हाइट एडभ्यान्टेज पनि थियो । जसमा हाम्रो रिसिभ पनि खराब रह्यो । जसले गर्दा स्पाइकर चल्न सकेनन् ।” उपाधि विजेता दिप्सनले ट्रफिसँगै एक लाख ७५ हजार एक सय ११ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेतामै चित्त बुझाएको आर्मीले ट्रफि ,नगद ९० हजार एक सय ११ र मेडल प्राप्त ग¥यो । नया बजार सामाजिक क्लबको आयोजनामा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ ले हरायो । पुलिसले एपीएफमाथी २१–२५,२५–१४,२१–२५,२५–१५ र १५–१२ को जित निकाल्यो । तेस्रो बनेको पुलिसले ट्रफि,नगद ५१ हजार एक सय ११ र मेडबल तथा चौथोमै सिमित एपीएफले २५ हजार एक सय ११ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनेका दिप्सन फुड्सका विनीत कुमारले ट्रफी प्राप्त गरे । बिधागत उत्कृष्टतर्फ स्पाइकरमा आर्मीका मान बहादुर श्रेष्ठ, सर्भरमा आर्मीका दिल सुनार,ब्लकर दिप्सनका सुप राव, डिफेन्स दिप्सनकै सुदिप थापा, सेटरमा पुलिसका इम राना, क्वीकर एपीएफका महेन्द्र श्रेष्ठ र वेस्ट कोच दिप्सनकै राजकुमार गुरुङ घोषित भए । उनिहरुले ट्रफि हात पारे । प्रतियोगिताका बिजेता खेलाडीलाई बनमन्त्री शंकर भण्डारी,नेपाल भलिबल संघका अध्यक्ष मनोरमन रञ्जन शर्मा,उपाध्यक्ष रन्जन खड्का,महासचिव जितेन्द्र बहादुर चन्द,आयोजक क्लबका अध्यक्ष भगवान थापा लगायतले पुरस्कृत गरे ।

Comment