श्यान्टु र स्वेच्छा पहिलो

राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र स्वेच्छा नेम्वाङले खुला लिग टेबलटेनिस प्रतियोगितामा शनिबार पहिलो स्थान हात पारेका छन् । श्यान्टु पुरुष र स्वेच्छा महिलामा पहिलो भएका हुन् ।
अखिल नेपाल टेबलटेनिस संघले १३ औं दक्षिण एसियाली खेलकुदको तयारीलाई लक्षित गरी सञ्चालन गरेको लिगको पुरुषमा नारायण घिमिरे दोश्रो र राकेश महर्जन तेश्रो भए । महिलामा सेलिशा खड्गी दोश्रो र दीक्षा तामाङ तेश्रो बने । पुरुषमा २३ र महिलामा १२ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् । उनका अनुसार अब महिनाको अन्तिम शनिबार खुला लिग सञ्चालन गरिने छ ।

Comment