नेभी र विएमके सफल

बंगलादेश नेभी र आयोजक विशाल मिलन केन्द्र (विएमके) ले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार जित हात पारेका छन् । बंगलादेशले इनोभेटिभ बानेश्वरलाई १०९–८४ ले पराजित ग¥यो । विजयी टिमका लागि मिथुन कुमारले ४३ अंक जोडे ।
पहिलो क्वाटर १४–२० ले गुमाएको बंगलादेश बाँकी क्वाटरमा भने अग्रता कायम गर्न सफल भयो । बंगलादेशले दोश्रोमा २८–१८, तेश्रोमा २५–१५ र चौथोमा ४२–३१ ले अगाडि रह्यो । विएमकेले साउथ साइडर्सलाई ८७–७१ ले हरायो । विजेताका विकास गुरुङ र विवेक श्रेष्ठले समान २२ अंक जोडे । पहिलो क्वाटरमा २१–२९ ले पछि परेको विएमके दोश्रोमा २१–१६ को अग्रता लियो । तेश्रोमा फेरि विएमके १५–१८ ले पछि प¥यो । चौथो क्वाटरमा ३०–८ को प्रदर्शन गर्दै विएमकेले जित निश्चित ग¥यो ।

Comment