अभिषेक र सरितालाई स्वर्ण


बुढानीलकण्ठका अभिषेक खड्का र विजेश्वर ज्ञान मन्दिरकी सरिता इटनीले नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ २ सय मिटर दौडमा शनिबार स्वर्ण जितेका छन् । छात्रमा अभिषेकले निर्धारित दूरी २५.७ सेकेन्डमा पूरा गरे । छात्रामा सरिताले दूरी तय गर्न ३२ सेकेन्ड समय खर्चिन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत ८ सय मिटर दौडको छात्रमा आरुणीका जगत नेपाली र छात्रामा विजेश्वरीकी सुनीता श्रेष्ठ, ३ हजार मिटर दौडको छात्रमा नेपाल एपीएफका सुजित यादव र छात्रामा सीतापाइला उमाविकी भूमि बुढा मगर, ट्रिपलजम्पको छात्रमा बुढानीलकण्ठका अभिषेक खड्का र छात्रामा विजेश्वरीकी सरु खवास तथा सटपुटको छात्रमा ब्राइट होराइजनका मिङमार ग्याल्जेन र छात्रामा विजेश्वरीकी निशा भुजेलले स्वर्ण हात पारे ।
रिपु र विजेश्वरीलाई उपाधि
कबड्डीको छात्रमा रिपु मर्डिनी र छात्रामा विजेश्वरले उपाधि जिते । कपनमा भएको फाइनलमा रिपुले सेक्रेड हर्टलाई ४०–३८ तथा विजेश्वरले कन्या मन्दिरलाई ३८–२८ ले पराजित गरे ।

जेनिअम च्ययम्पियन
यसैबीच नवौं ललितपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्डको करातेको उपाधि जेनिअमले शनिबार जितेको छ । जेनिअमले ३ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ लिटिल एन्जल्स स्कुल दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको आदर्श सौलले १ स्वर्ण, २ रजत र ३ कांस्य प्राप्त ग¥यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, उसु, तेक्वान्दो र कबड्डी यसअघि नै सम्पन्न भएको थियो ।

Comment