प्रथम नौलो तारा कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता माघको दोस्रो साता

पोखरा
नौलो तारा क्लब लेखनाथ–१४ रुपातालले शहीद दिवसको अवसर पारेर आगामी माघ १५ गतदेखि १८ गतेसम्म खोलाको छेउ खेलमैदानमा प्रथम नौलो तारा कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता गर्ने भएको छ।

बहुउद्देश्यीय सामुदायिक भवन निर्माण सहयोगार्थ आयोजित सो प्रतियोगितामा करिब ३० टीमको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतियोगितामा विजेता टीमलाई नगद ४५ हजार पाँच सय ४५ तथा उपविजेता टीमलाई नगद २५ हजार पाँच सय २५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष धर्मबहादुर बस्नेतले जानकारी दिए। यस्तै बेस्ट प्लयेर, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर र हाइस्कोरर र लाई ट्रफी र आकर्षक पुरस्कार प्रदान गरिने छ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब तीन लाख ७६ हजार खर्च लाग्ने अनुमान गरिएको छ भने करिब डेढ लाख बचत गरिने प्रचार–प्रसार उपसमितिका संयोजक एवं क्लबका सचिव किरण थापाले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न क्लबका उपाध्यक्ष हरिबहादुर लामिछानेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ।
जसअनुसार अर्थ सड्ढलन उपसमिति संयोजकमा श्रीधर लामिछाने, प्रचार–प्रसार उपसमिति संयोजकमा किरण थापा, साउण्ड सिस्टम तथा मञ्च सजावट उपसमिति संयोजकमा नन्दराज लामिछाने, कार्यक्रम तयारी उपसमिति संयोजकमा रमेश सुवेदी, खेलाडी तथा टीम समन्वय उपसमिति संयोजकमा सुमन खड्का र शान्तिसुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा तीर्थबहादुर सुयल रहेका छन्।

यस्तै खेलमैदान व्यवस्थापन उपसमिति संयोजकमा मीनबहादुर बस्नेत, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा प्रकाश बस्नेत, अतिथि सत्कार उपसमिति संयोजकमा निर्मला केसी, खानेपानी व्यवस्थापन उपसमिति संयोजकमा सकुन्तला घिमिरे, प्राथमिक उपचार व्यवस्थापन उपसमिति संयोजकमा शंकरबहादुर खड्का र सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा दुर्गा बस्नेत रहेका छन्।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष एवं बाटिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलबहदुर गुरुङले प्रतियोगिता अवधिभर शान्तिरुपा बराहथोकको तर्फबाट खानेपानीको व्यवस्था गरिदिने जानकारी दिए।
क्लबका अध्यक्ष धर्मबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिबहादुर लामिछानेले स्वागत मन्तव्य एवं सहसचिव रामचन्द्र ओझाले सञ्चालन गरेका थिए।

२०६१ सालमा स्थापना भएको क्लबले विकास निर्माणतर्फ देउसीभैलोमार्फत सड्ढलन गरेको रकमले सातमुहानेको खोलाको छेउ सडक मर्मत तथा ग्राभेल गरेको थियो। यस्तै मुहानको चौतारी पुनर्निर्माण, मुहानको चातारी अगाडिको खाडल पुरी पार्क निर्माण तथा किरियाकर्म स्थलको निर्माण सम्पन्न भइसकेको छ। खेलकुदतर्फ विद्यालयस्तरीय भलिबल प्रतियोगिता, शिक्षातर्फ हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्यतर्फ आँखा शिविर, रक्तदानजस्ता कार्यक्रम गरिसकेको छ।

युवा तथा खेलाडीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्ने, जिल्ला तथा क्षेत्रीयस्तरका खेलाडी उत्पादन गर्ने, युवाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा सहयोग पु¥याउने, खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्र लेखनाथ, रुपाताल, रुपाकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने, प्रतियोगितामा सहभागी खेलाडीलाई अनुशासिनत, मर्यादित वातावरण स्थापित गरी मित्रवत् भावना जागरण गराउने क्लबको उद्देश्य रहेको छ।

Comment