सेनालाई ६ स्वर्ण

नेपाली सेनाले चौथो नेकोस राष्ट्रिय तेक्वान्दो तथा जुनियर खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शनिबार सिनियरतर्फ ६ स्वर्ण जितेको छ । सेनाले थप १ रजत र ३ कांस्य पनि जित्यो ।
सिनियरमै आयोजक राष्ट्रिय तेक्वान्दो संघ, नेपालले २ स्वर्ण, ३ रजत र २ कांस्य तथा मध्यमाञ्चलले १ स्वर्ण, १ रजत र ३ कांस्य प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष ६७ केजीमा सेनाका केशव थापा र ५४ केजीमा मध्यमाञ्चलका कपिल थापा पहिलो भए । महिलाको ४६ केजीमा सेनाकी काजल श्रेष्ठ, ५३ केजीमा सेनाकी रेश्मा थापा, ५७ केजीमा आयोजककी सुष्मा श्रेष्ठ र ४९ केजीमा सेनाकी विनिका जोशीले स्वर्ण हात पारे ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

Comment