आर्मी र दिप्सन फुड्स जापान फाईनलमा


विभागिय टिम नेपाल आर्मी र दिप्सन फुड्स जापान चौथो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । शुक्रबार नयाँबजारस्थीत टाउनप्लानिङमा भएको पहिलो सेमिफाइनलमा आर्मीले विभागिय प्रतिद्धन्द्धि शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउदै फाइनलको यात्रा तय ग¥यो । आर्मीले एपीएफमाथी पहिलो २५–१४,दोस्रो २५–१२ र तेस्रो २५–२३ को जित निकालेको थियो । दोस्रो सेमीफाइनलमा दिप्सन फुड्स जापानले साबिक बिजेता नेपाल पुलिसलाई ३–० को सोझो सेटमा स्तब्ध बनाउदै आर्मीसँगको भेट पक्का ग¥यो । दिप्सन फुड्सले पुलिससँग गत वर्ष फाइनलमा बेहोरेको हारको बदला समेत लियो ।
भारतीय खेलाडिको समेत सहभागिता रहेको दिप्सन फुड्सले पहिलो सेटमै २५–१८ ले निकाल्दै पुलिसमाथी दबाब सिर्जना ग¥यो । निकै रोमाञ्चक रहेको दोस्रो सेट दिप्सन फुड्सले ३३–३१ ले आफ्नो पक्षमा पारेसँगै पुलिसविरुद्ध दुई सेटको अग्रता लियो । तेस्रो सेट पनि दिप्सन फुड्सले २५–१९ ले जितेसँगै गत वर्षको विजेता पुलिस सेमिफाइनलबाटै बाहिरीन बाध्य भयो । बिहिबार साबिक बिजेता नेपाल पुलिस क्लब समूह “क” बाट अपराजित रहदै बिजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको थियो । नेपाल आर्मीले समूह “ख”बाट अपराजित हुदै अन्तिम चारमा स्थानमा पुगेको थियो । समूह “क” बाट एक खेल गुमाएको एपीएफ र समूह समूह “ख” बाट पनि एक खेल गुमाएको दिप्सन फुडस् जापन उपबिजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका थिए ।
प्रतियोगिताको विजेताले एक लाख ७५ हजार एक सय ११ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ९० हजार एक सय ११ र तेस्रो स्थान हासिल गर्ने टोलीले ५१ हजार एक सय ११ र चौथो हुने टोलीले २५ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले आकर्षक ट्रफी प्राप्त गर्नेछन् भने विधागततर्फ वेस्ट स्पाइकर, सर्भर, ब्लकर, डिफेन्स, सेटर, क्वीकर र वेस्ट कोचलाई पनि आकर्षक ट्रफीबाट पुरस्कृत गरिने भएको छ । चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल लागत १६ लाख २५ हजार रुपैयाँ रहेको छ ।

Comment