वज्राचार्य चीन जाने


अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य शनिबार चीनको वुसी जाने भएका छन् । चैत २८ देखि बैशाख ३ गतेसम्म हुने एसियाली टेबलटेनिस युनियनको बैठक तथा निर्वाचनमा भाग लिन वज्राचार्य त्यसतर्फ जान लागेका हुन् । त्यहाँ रहँदा विभिन्न राष्टका टेबलटेनिस संघका पदाधिकारीहरुसंग भेट गरी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई सहयोगका लागि आग्रह गर्ने वज्राचार्यले जानकारी गराए ।

Comment