तेक्वान्दोको कोर्स र सेमिनार सुरु


राष्ट्रिय तेक्वान्दो संघ– नेपालको आयोजनामा तेश्रो राष्ट्रिय क्योरोगी रेफ्री÷रिफ्रेसर कोर्स तथा प्रथम राष्ट्रिय पुम्से सेमिनार शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । क्योरोगी र पुम्सेमा गरी जम्मा १ सय ५१ जना सहभागी छन् । सहभागीलाई नवौं डान ग्रान्ड मास्टर चुल युङ चोइ र मास्टर जियाङ यिल हाले प्रशिक्षण दिने छन् ।
सेमिनारको पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा पर्वतका हिटलर थापा, अर्घाखाँचीका ऋषि मुखिया, बाँकेका गुरु वच्चन चौधरी, रोल्पाका प्रकाश घर्ती मगर, बाँकेका दलबहादुर विक, मोरङकी नीता नेपाली, धनकुटाका सविन राई, काठमाडौंका रोशन बोहरा, चितवनकी कमला केसी र ललितपुरका राजेश लामालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

Comment