राजेश हमालको घरमा तेक्वान्दो गुरु


समाजप्रति सचेत, वामपन्थी राजनिती प्रतिको झुकाब र यससंगको जोडीएको संघर्ष । गगनगौडा ,कास्की देउरालीका गोपाल खत्री र काली खत्रीको काठमाडौ आगामनको कथा संगै छोरी रमिलाले बाल्यकालमा जिवनको यथार्थ पक्ष बुझ्दै गइन् । यसै बुझाइको कारण २२ बर्षे रमिलामा एक खाले परिपक्वता देखियो । समाजीक भावना विकास भयो । १२ बर्षे उमेरमा ६ कक्षामा पढ्दै गर्दा सुरुमा नवराज घिमिरे र यस पछि अनिल रजकबाट तेक्वान्दो सिक्न सुरु गरिन् । अनुशाषित संस्कारमा हुर्कीएकी रमिला तेक्वान्दोको कालोपेटीले अनुशाषनको थप बन्धनमा बाधीइन् ।
त्यसो त २२ बर्षे उमेर त्यत्ति सारो पाको होइन । तथापी उनी परिपक्व छिन्, समझदार छिन् । भनीन्छ, फीजीकल उमेरमा कम देखिनु नै मानसिक रुपमा पाको, यो नै बहादुरीको संकेत हो । यसकारण स्वीकार्नै पर्ने हुन्छ, रमिला खत्री बहादुरी उन्मुख छिन् । यी नै किशोरी पछिल्लो समय नेपाली रंगक्षेत्रमा नायक संग जोडीएकी छिन् । नायक राजेश हमालको घरमा उनको उपश्थिती तेक्वान्दो गुरुको रुपमा हुन थालेको सात बर्ष भइसकेको छ । राजेशको भाइको छोरा चिराग हमाल र छोरी राजशी हमाल रमिलाका चेला हुन् । अनी राजस्मती मल्ल पनि राजेशको घरमै रमिलासंग तेक्वान्दो सिक्ने गर्छिन् । नेपाली संस्कारमा सबेैभन्दा आदर्श मानीने “ गुरु ” शब्दबाट नेपाली सिने क्षेत्रका स्टारको घरमा सम्बोधन हुन पाउदा रमिला पनि त्यत्तिकै गौरवान्वीत छिन् ।


प्रशिक्षकको रुपमा उनले यस बर्ष महत्वपूर्ण उपलब्धी पाइन् । गत महिना भएको एक प्रतियोगितामा उनीबाट प्रशिक्षित आदर्श स्कुल च्याम्पियन भए पछि उनमा एकखाले आत्मबिश्वास पलाएको छ । भन्छिन्,“ मेरा शिष्यले नेपाली तेक्वान्दोमा केही उपलब्धी पाउने छन् भन्ने बिश्वास अझ बलीयो भएको छ । ”
लैनचौर सिथत निस्ट कलेजमा ब्यबस्थापन संकायमा स्नातक अध्ययनरत उनी पछिल्ला समयमा रेफ्रिको रुपमा पनि सक्रिय रहेकी छिन् । गत बर्ष नोर्बु लामाबाट रेफ्रि कोर्ष पुरा गरेकी उनले हालै भएको सेमिनारमा नेपालमा रहेका कोरियाली प्रशिक्षकका साथै नबीन कुमार श्रेष्ठसंग रीफ्रेसर कोर्ष पनि पुरा गरिन् । खेलाडीको रुपमा उनको जिवन त्यत्ति सनसनीपूर्ण भएन होला । परन्तु, प्रशिक्षक र रेफ्रिको रुपमा अघि बढ्दै गरेकी रमिलाको कम उमेरमै देखिएको सामाजीक चेतना र बौद्धीक स्तर नेपाली तेक्वान्दोका लागि अझ महत्वपूर्ण सावित हुन सक्ने छ ।

Comment