पुलिस र आर्मी बिजेताको रुपमा सेमिफाईनलमा

चौथो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । साबिक बिजेता नेपाल पुलिस क्लब समूह “क” बाट अपराजित रहदै बिजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ । त्यस्तै नेपाल आर्मीले समूह “ख”बाट अपराजित हुदै अन्तिम चारमा स्थान बनायो । समूह “क” बाट एक खेल गुमाएको एपीएफ र समूह “ख” बाट पनि एक खेल गुमाएको दिप्सन फुडस् जापन आधिखोला उपबिजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका छन् । सेमिफाईनलमा पुलिसले दिप्सन फुडस् जापन आधिखोला र आर्मीले एपीएफसग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । नया बजार सोसल ग्राउण्डमा भएको दोश्रो दिनको लिग खेलमा पुलिस, दिप्सन फुडस् जापन आधिखोला,गिताञ्जली कलेज र आर्मीले जित निकालेका छन् । पुलिसले आफ्नो अन्तिम लिग खेलमा बलियो प्रतिद्धन्दी एपीएफलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । पुलिसले २५–१७,२५–२० र २५–१८ को जित निकालेको थियो । भारतीय खेलाडिको समेत सहभागिता रहेको दिप्सन फुडस् जापन आधिखोलाले दोश्रो दिनको खेलमा मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा गिताञ्जली कलेजलाई २५–१३,२५–२१ र २५–१३ को सोझो सेटमा हराएको दिप्सन फुडस् जापन आधिखोला दोेश्रो खेलमा भनि आर्मीसग २५–१६,२५–२३,२०–२५ र २५–१७ को पराजय ब्यहोेरेको छ । पहिलो पटक सहभागिता जनाएको गिताञ्जली कलेजले लिगको आफ्नो अन्तिम खेलमा आयोजक नयाबजार सामाजिक क्लबलाई २५–२१,२५–२७,२५–१६ र २५–१४ को सेटमा हराउदै सानत्वना जित निकाल्यो । चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ७५ हजार एक सय ११ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ९० हजार एक सय ११ र तेस्रो स्थान हासिल गर्ने टोलीले ५१ हजार एक सय ११ र चौथो हुने टोलीले २५ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले आकर्षक ट्रफी प्राप्त गर्नेछन् भने विधागततर्फ वेस्ट स्पाइकर, सर्भर, ब्लकर, डिफेन्स, सेटर, क्वीकर र वेस्ट कोचलाई पनि आकर्षक ट्रफीबाट पुरस्कृत गरिने भएको छ ।

Comment