नेपाल तेक्वान्दो संघ र कुकिवनबीच सम्झौता


नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दोको मुख्यालय(कुकिवन)बिच नेपालको तेक्वान्दो खेल विकासका लागि सम्झौता भएको छ । दक्षिण कोरियास्थीत तेक्वान्दोको मुख्यालय कुकिवनमा बिहिबार सम्झौता भएको हो । बिश्व तेक्वान्दो मुख्यालय कुकीवानका अध्यक्ष डा. ओ ह्युम डेक तथा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाबिच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौता पत्रमा नेपाल तेक्वान्दो संघ र बिश्व तेक्वान्दो मुख्यालय कुकिवनको सहकार्यमा बिभिन्न तालिम र प्रतियोगिता आयोजना गर्नेछ । जसमा तेक्वान्दो सम्बन्धी बिकासका कार्यक्रम योजनाबद्व रुपमा अगाडी बढाउने बिषयमा समेत छलफल भएको संघका महासचिव दिपराज गुरुङले बताए ।
सो कार्यक्रममा नेपालका तर्फबाट नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ्ग तथा नेपालमा रहदै आएका कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ्ग दलले सहभागीता जनाएका थिए । गुरुङले यो सम्झौता नेपाली तेक्वान्दोका लागि ऐतीहासिका भएको बताउदै नेपालको तेक्पान्दो खेल विकासमा महत्वपुर्ण कडिको रुपमा रहने बताए । संघका अध्यक्ष राणाले सम्झौता पश्चात नेपाली तेक्वान्दो खेलाडीले प्राप्त गर्ने प्रशिक्षण लगायत अन्य सुविधाले उनीहरुको खेलस्तर बढ्ने बताए ।

Comment