झापा माइभ्याली गोल्डकपको फाइनलमा

तेस्रो अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा त्रिभुवन आर्मी क्लब र झापा–११ विच उपाधि भिडन्त हुने भएको छ । बिहीबार भएको अन्तिम सेमिफाइनलमा सशस्त्र प्रहरी बलको विभागिय टिम एपीएफलाई १–० ले हराउँदै झापा फाइनल प्रबेश गरेको हो । झापाबाट अतिरिक्त समयको १५ औं मिनेटमा विशाल राई ’ए’ ले निर्णायक गोल गरे। उनले रजिन धिमालको फ्रिकिकमा हेड गर्दै गोल गरेका हुन् । यसअघि निर्धा्रित ९० मिनेटमा दुबै टिमले कुनै गोल गरेनन् ।

Comment