फुटबलमा बाडेँगाउ पहिलो


गोदावरी खेल महोत्सब अन्तरगत भएको फुटबल स्पर्धामा बाडेगाँउ युथ क्लब पहिलो भएको छ । उपाधि जित्ने क्रममा बाडेगाँउले फाइनलमा आयोजक नमुना स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गरेको हो । नमुना युवा क्लबबीलाई टाइब्रेकरमा ६–५ ले हराउदै नया बाटो क्लब पहिलो भएको आयोजक सस्थाका चिन लामाले जानकारी दिएका छन् ।
ब्याडमिन्टनको पुरुष युगलमा हरिसीद्धीका ओमहरी मर्हजन र रदिप मर्हजनको जोडी पहिलो भएको छ । फ्रेन्ड्स अफ गोदावरीका बारक शाही र सागर पहरीको जोडी उपविजयी भयो । सोही टोलीका लक्ष्मीकृष्ण मर्हजन र राकेश मर्हजनको जोडी तथा दिपक लामा र नकुल श्रेष्ठको जोडी तेश्रो भयो ।
भेट्रान युगलमा लक्ष्मीकृष्ण मर्हजन र सुरेन्द« रावत पहिलो भएको छ । सुबास मुखिया र लक्ष्मण मर्हजन दोश्रो भए । उदय जंग शाही र तीलक बहादुर थापा तथा धनराम राइ र मनराम श्रेष्ठको जोडी तेश्रो भयो । आयोजक क्लबका अध्यक्ष डम्बर बहादुर स्याङ्गतानले दिएको जानकारी अनुसार शुक्रबार र शनीबार कराते र तेक्वान्दो स्पर्धा हुने छन् ।

Comment