न्यु डायमन्ड फाइनलमा


न्यु डायमन्ड एकेडेमी र विजेश्वरी नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको छात्रा भलिबलतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । कपनमा भएको सेमिफाइनलमा न्यु डायमन्डले गोकर्णलाई २५–३ र २५–८ तथा विजेश्वरीले ब्राइट होराइजनलाई २५–१३ र २५–६ को सोझो सेटमा पराजित गरे । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको छात्रमा सेक्रेड हार्ट, बाल उद्धार, रेन्बो र बाल गीताञ्जली सेमिफाइनलमा पुगे ।

कसिश विजयी ः
छात्र कबड्डीमा कसिश, हार्ट ल्यान्ड र नेपाल युवकले सफलता आत्मासात् गरे । कसिशले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४७–२१, हार्ट ल्यान्डले विद्या सागरलाई ४७–२६ तथा नेपाल युवकले रिपु मर्डिनीलाई ६१–२२ ले पराजित गरे । छात्रमा सेक्रेड हार्टले जन सेवालाई ३४–२२ तथा कन्या मन्दिरले कोटदेवीलाई ३७–३६ ले निराश पारे । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । भलिबल र कबड्डीतर्फ छात्र र छात्रामा समान १०–१० टिम सहभागी छन् ।

Comment