नेकोस तेक्वान्दो शनिबारदेखि


नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा चौथो नेकोस राष्ट्रिय तेक्वान्दो तथा जुनियर खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा क्योरोगी र पुम्सेतर्फ जम्मा २७ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष हीराबहादुर थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियरतर्फ पाँच विकास क्षेत्र, प्रहरी, आर्मी, एपीएफ र आयोजकको दुईसहित १० टिमको सहभागिता रहने छ । जुनियरमा ४० जिल्लाबाट खेलाडी सहभागी हुने छन् ।
सिनियर र जुनियर दुवैमा गरी करिब ५ सय खेलाडीले भाग लिने बताइएको छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २९ लाख ७८ हजार ६ सय रुपैयाँ खर्च हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ ।

Comment