सञ्जय र मगेन्द्र सम्मानित


किरात राई खेलकुद संघले आफ्नो समुदायका खेलसंग सम्बद्ध दुई जनालाई बिहीबार सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा भएको १४ औं विश्व मुवाथाई च्याम्पियनसिपमा स्वर्ण जित्न सफल सञ्जय राईलाई किरातीहरु तथा सिङ्गो राष्ट्रको शीर उच्च बनाएको भन्दै सम्मान गरिएको हो ।
त्यस्तै १९९८ देखि हङकङमा बस्दै आएका युएस प्रोफेसनल टेनिस संघका सदस्य मगेन्द्र राईलाई अल्ट्रा धाविका मीरा राईलाई नेसनल जियोग्राफी च्यानल एडभेन्चर अवार्ड अफ द इयरको विजेता बनाउन सक्रिय भूमिका निर्वाह गरेवापत सम्मान गरियो ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख सुरेश ढुंगाना र किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्रकुमार राईले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

Comment