भक्तपुर रनिङ्गशिल्ड ब्याडमिन्टन पौष अन्तिम साता

भक्तपुर स्थितव्यासी ब्याडमिन्टन क्लबले आफ्नो स्थापना दिवसको उपलक्षमा विगत ३ बर्ष देखि शिक्षासेवी शिवभक्त बासुकलाको नाममा आयोजनागर्दै आईरहेको “शिवभक्तबासुकला स्मृतीकप भक्तपुर जिल्लाव्यापी रनिङ्गशिल्ड प्रतियोगिता” यस बर्ष पौष २६ गते देखि आयोजना गर्न लागेको छ ।
जिल्लामा रहेकाब्याडमिन्टन खेलाडीहरुलाई एकै थलोमा उभ्याउने उद्धेश्यले ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आईरहेको क्लबले यस बर्ष देखि नयाँ खेलाडी उत्पादनलाई समेत ध्यानमा राख्दै भक्तपुर जिल्लव्यापीमा.वि.स्तरिय छात्र तथा छात्रा एकल ब्याडमिन्टन प्रतियोगितालाई पनि समावेस गर्ने जमर्को गरेको आयोजक समितिले बिज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
व्यासीस्थित आफ्नै कोर्टमा आयोजना हुने प्रतियोगितामा भक्तपुर भित्र रहेकाक्लब, सहकारी संस्था, स्वास्थ्य संस्था र विद्यालयहरुले पौष २२ गते भित्र आफ्नो नाम दर्ता गराई सक्नु पर्ने प्रतियोगिता संयोजक कृष्ण प्रसाद बासुकलाले जानकारी गराए ।
प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद नारायणमान विजुक्छेबाट हुने समेत बिज्ञप्तीमा जनाईएको छ ।

Comment