कराते टोली फ्रान्स तर्फ

यहि अप्रील ६देखि १० सम्म फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने  सितोरियो कोफुकान कराते वर्ल्ड कप २०१७ मा भाग लीन ३ सदसीय कराते टोली बुधबार त्यस तर्फ प्रस्थान गरेको छ। अशोक शाहको नेतृत्वमा रहेको टोलीमा ललीत खत्री र अमृत अधिकारी रहेका छन्। ललीतले सिनियर काता, अशोकले -६७ केजी कुमिते तथा अमृतले -७५ केजी कुमिते मा प्रतिस्पर्धा गर्नेछन। टोलीलाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बिदाई गरे। दशरथ रंगशाला स्थित नेपाल कराते महासंघको कार्यालयमा सम्पन्न उक्त बिदाई कार्यक्रममा नेपाल कराते महासंघका प्रशासन प्रमुख राजेन्द्र कुमार क्षत्री, सितोरियो कोफुकानका नेपाल प्रमुख त्रैलोक्य नाथ पाण्डेय, कराते स.प्रशिक्षक कृष्ण दाहाल, रास्ट्रीय च्याम्पीयन(काता) पर्शुराम बास्तोलाको समेत उपस्थिती रहेको थियो। अशोक प्रतियोगीताको २०१५ को नर्वेमा सम्पन्न संस्करणका कास्य पदक बिजेता हुन्। अमृत पुर्व रास्ट्रीय च्याम्पीयन तथा दक्षीण कोरीयामा सन् २००२ मा सम्पन्न १४औं एशियाली खेलकुदमा सहभागी खेलाडी हुन्। ललीत २०१६ मा काठमण्डौंमा सम्पन्न राष्ट्रिय छनौटमा प्रथम स्थान हासिल गरी भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो दक्षिण एशियाली कराते प्रतीयोगीतामा कास्य पदक बिजेता खेलाडी हुन्।टोली १२ अप्रिलमा नेपाल फिर्ता हुने कार्यक्रम रहेको छ।
Comment