दक्षिण एसियाली मार्सल आर्ट हुने

martial art
स्टुडेन्ट ओलम्पिक संघ नेपालको आयोजनामा प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिप माघ १ गतेदेखि हुने भएको छ ।
च्याम्पियनसिपमा विभिन्न पाँच खेलको प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका महासचिव पुरुषोत्तम बुढाथोकीले जानकारी गराए । कराते, मुवाथाई, किकबक्सिङ, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा हुनेछ ।
नेपाल सहित भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेश गरी ६ राष्ट्रकाकरिब ५ सय खेलाडीको सहभागिता रहने जानकारी दिइयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने दुईदिने प्रतियोगितामा ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

Comment