आर्मीकी सरिता र पुर्वाञ्चलकी सिनालाई स्वर्ण


प्रथम महिला अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मीकी सरिता गुरुङ र पुर्वाञ्चलकी सिना मादेनले पुम्सेतर्फ स्वर्ण जितेकी छिन् । राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा बुधबार भएको पहिलो दिनको खेलमा सरिताले यू–१५ र सिनाले यू–१९ पुम्सेमा स्वर्ण जितेकी हुन् । यू–१५ उमेर समुहकै पुम्सेमा मध्यमाञ्चलकी मनिका रम्तेलले रजत,पुर्वाञ्चलकी स्वस्तीका तामाङ र कोरियाकी गायोङ शिनले कास्य पदकमा चिक्त बुझाइन् । यु–१९ तर्फको पुम्सेमा नेपाल आर्मीकी रोशनी श्रेष्ठले रजत,मध्यमाञ्चलकी तामाङ र कोरियाकी जस्मीन बोसकहङले कास्य हात पारिन् ।
नेपाल तेक्वान्दो संघको महिला सशक्तिकरण समितिको आयोजनामा भएको प्रतियोगिताको फाइटतर्फको ४६केजीतौल समुहमा आर्मीकी काजल श्रेष्ठ र भारतकी कृतिका ठाकुर फाइनमा प्रवेश गरेकी छिन् ।सेमीफाइनलमा काजलले मध्यमाञचलकी रोशनी लिम्बु र कृतिकाले सुदुरपश्चिमकी संगिता श्रेष्ठले हराउदै फाइनलको यात्रा तय गरेकी थिइन् ।

सेमी पराजित रोशनी र संगिताले कास्य पदकमै चिक्त बुझाए । फाइटकै ४९ केजीमा आर्मीकी युनिसा राई,एपीएफकी अस्मीता खड्का,पश्चिमाञ्चलकी राखी शर्मा र भारतकी सारदा दिक्षीत तथा ५३ केजीमा भारतकी शिवानी ठाकुर,पुर्वाञ्चलकी सुनिता तामाङ,आर्मीकी कल्पना चौधरी,सुदुरकी पार्वती भण्डारी सेमी फाइनलमा प्रवेश गरिन् ।
त्यस्तै ५७केजीमा एपीएफकी विमला तामाङ, पुर्वाञ्चलकी सिना मादेन,भारतकी अफ्रीन मिदेर र आर्मीकी रेश्मा थापा,६२ केजीमा आर्मीकी मुस्कान कार्की,मध्यपश्चिमकी मिना पुन,पुश्चिमकी अलिषा केसी र पुर्वाञ्चलकी सन्ध्या सिंह तथा ६७ केजीमा आर्मीकी नम्रता तुलाधर,सुदुरकी आकृती कार्की,मध्यपश्चिमकी कमला नेपाली र पश्चिमकी ममता गर्बजाले अन्तिम चारको यात्रा तय गरे । जुनियरतर्फको ४० केजीमा पुर्वाञ्चलकी अविना राई,सुदरपश्चिमकी सरीस्मा साह,एपीएफकी अस्मीता महर्जन र आर्मीकी सदिक्षा कार्की,४२ केजीमा एपीएफकी दक्षिण ठकुरी,पश्चिमाञ्चलकी पुजा तुराहा,आर्मीकी सिमा श्रेष्ठ ,मध्यमाञ्चलकी नमुना श्रेष्ठ तथा ४४ केजीतौलमा आर्मीकी योगमाया श्रेष्ठ,मध्यमाञ्चलकी विना गुरुङ,पुर्वाञ्चलकी सुशिला बुढाथोकी र पश्चिमकी चन्दा घर्तिमगरमा सेमिफाइनलमा प्रवेश गरेको प्रतियोगिता संयोजक नन्दा बस्यालले बताइन् ।
उक्त प्रतियोगिताको उद्घाटन प्रमुख शान्तिमन्त्रि सितादेवि यादवले गरिन । सो अवसरमा सांसद एवं नेपाली जनता दलका अध्यक्ष हरिशरण शाह,टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्का लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा टाइगर ब्रुअरीको टेन्सवर्ग बियरको साथ पाएको छ । कुल १३ स्पर्धामा समावेश दुईदिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा प्रतिस्पर्धा भएको संयोजक बस्यालले बताइन् ।

Comment