प्रेम र दिपक पराजित


थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप (किङ्स कप)मा नेपालका प्रेम र दिपक पहिलो राउण्डबाटै प्रतियोगिताबाट बाहिरीएका छन् छन् । ५२ केजी तौल समूहमा प्रेम चौधरी उज्वेकिस्तानका मुक्केवाज लजिपोभ जासुरवेकसग अंकको आधारमा पराजित भए । त्यस्तै ६४ केजी तौल समूहमा दिपक श्रेष्ठ पनि मंगोलियाका मुक्केवाज बतासुकोभ हिन्जोरिङसग अंककै आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी गराए ।

Comment