टेटेको हिउदे प्रशिक्षण शिविर सुरु

hiud tt

काठमाडौं जिल्ला खेलकुद विकास समिति र काठमाडौं जिल्ला टेबलटेनिस संघको संयुक्त आयोजनामा टेबल टेनिसको हिउदे प्रशिक्षणशिविर शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
शिविरमा १ सय ५० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएकाछन् । एक महिनासम्म चल्ने शिविरमा प्रशिक्षार्थीहरुलाई टेबल टेनिस सम्बन्धी आधारभूत ज्ञान दिइनेछ ।
सहभागीहरुलाई टेबलटेनिस मुख्य प्रशिक्षक सुनील योञ्जन सहित अन्य प्रशिक्षकहरु धर्ममान वज्राचार्य, शंकर गौतम, सन्ध्या शाक्य, सञ्जय अर्याल र नवीन सुवाल तथा राष्ट्रिय खेलाडीद्वय रविना महर्जन र राकेश श्रेष्ठले प्रशिक्षण दिनेछन् ।
शिविरको आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले शिविर सञ्चालन गर्नेहरुलाई सामूहिक रुपमा बल हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा प्रमुख बस्नेतले टेबलटेनिसको विकास र विस्तारमा जिल्ला संघलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच आयोजक संघका अध्यक्ष वज्राचार्यले शहिद दिवसको अवसरमा राष्ट्रव्यापी शहिदकप यु–१४ टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने जानकारी गराए । नगद पुरस्कार सहितको उक्त प्रतियोगितामाघ १६ र १७ गते लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने बताइएको छ ।

Comment