युएइमा नेपाली कराते खेलाडीको सम्मान


युएइमा भएको र्वल्ड प्रीमीयर लिग कराते प्रतियोगितामा सहभागि नेपाली टोली तथा प्रशिक्षक सम्मानीत भएका छन् । युएइमा रहेको एभरेस्ट युएइ नेपाल तेक्वान्दो कराते डो मार्सल आर्ट क्लबले नेपाली टोलीको सम्मान कार्यक्रम आयोजना गरेको हो । एभरेस्ट हिमलाय होटलमा भएको सम्मान कार्यक्रममा क्लब प्रशिक्षक रबि शाहीले खेलाडी परिचय गराउने काम गरेका थिए । पबित्र भण्डारीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा परशुराम घिमिरेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
अध्यक्ष पबीत्र भण्डारीको उपश्थितीमा भएको कार्यक्रममा राष्ट्रिय कराते टोलीका प्रशिक्षक दिपक श्रेष्ठ सहितको टोली सम्मानीत भएको हो । सम्मानीत हुने खेलाडीमा विप्लब श्रेष्ठ, बिनोद मर्हजन, उमेश मल्ल र लोकमान सिंह श्रेष्ठ रहे ।

Comment