बास्केटबलको ट्यालेन्ट हन्ट

नेपाल बास्केटबल संघको आयोजनामा आठौं राष्ट्रिय बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ ।
कार्यक्रममा एसईई परीक्षा दिएका छात्र तथा छात्रालाई लक्षित गरी आयोजना गर्न लागिएको हो । कास्की, काभ्रेपलान्चोक, रुपन्देही, चितवन र सुनसरी जिल्ला बास्केटबल संघलाई पनि सो प्रकारको कार्यक्रम गर्न आयोजकले पत्रचार गरेको छ । कार्यक्रम असार ५ गतेसम्म चल्नेछ ।

Comment