कामना सहकारी कप चेसमा तीन खेलाडीको अग्रता


ललितपुरमा जारी कामना सहकारी कप चेस प्रतियोगितामा तीन खेलाडीले अग्रता लिन सफल भएका छन् । प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणका खेल सञ्चालन भए । तेश्रो चरणको समाप्तिमा गोल्डेनगेट कलेजका हिमाल लामा, अर्थ बहुउद्देश्यीय सहकारीका फिडेमास्टर मनिष हमाल तथा श्रेयङकर साकोसका सुमित पन्तले समान ३–३ अंकका साथ संयुक्त अग्रता बनाएका हुन् ।
दोश्रो चरणमा तनहुँका सविनचन्द्र घिमिरेमाथि जीत हात पार्दै हौसिएका हिमालले तेश्रो चरणमा मखन चेस क्लबका पूर्व नेपाल च्याम्पियन पूण्यमान कर्माचार्यलाई हराए । पूर्व नेपाल च्याम्पियन हमालले दोश्रो तथा तेश्रो चरणमा क्रमशः कुम्भिखादी साना किसान सहकारी सप्तरीका मनोज विक तथा मखन चेस क्लबका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई पराजीत गरे । त्यसैगरी श्रेयङकर साकोसका सुमित पन्तले झापाका अनिश कुमार सुवेदी तथा नेशनल डेभलपमेन्टका सुदर्शन प्रधानलाई हराए ।
नेकोस चेस एकेडेमीका मदनकृष्ण कायस्थ, गोल्डेनगेट कलेजका केशव श्रेष्ठ, करुणामय साकोसका बद्रीलाल नेपाली, डायनामीक चेस क्लबका भुपेन्द्र निरौला, काठमाण्डौका रिजेन्द्र राजभण्डारी, श्रमजीवी साकोस भक्तपुरका विकास कुलुजु, जनता साकोस ठेचोका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी, मच्छिन्द्र क्लबका सुरवीर लामा, कामना साकोसका क्यान्डिडेटमास्टर सजिन महर्जन, संकटा साकोसका नविन तण्डुकार, नेशनल डेभलपमेन्टका दिर्घराज जोशी, मखन चेस क्लबका सुमन लामा तथा सारथी साकोस दोलखाका आशिष फुँयाल समान २ दशमलब ५ अंकमा रहेका छन् ।
तेश्रो चरणमा मदनकृष्ण र रिजेन्द्रको खेल बराबरीमा सकियो । त्यसैगरी भुपेन्द्र निरौला र केशव श्रेष्ठले पनि बराबरी गरे । यसअघि दोश्रो चरणमा मदनकृष्णले काठमाण्डौका भगवतीप्रसाद शर्मा तथा केशवले श्रमजीवी साकोसका गणेशमान दुवाललाई हराए । त्यसैगरी रिजेन्द्रले अन्नपूणं माविका मोहम्मद अदनम अदिल तथा भुपेन्द्रले डायनामीक चेस एकेडेमीका विजय मगरलाई पराजीत गरे ।
नेपाल टेलिकमका गोविन्द खड्का, मखन चेस क्लबका पूण्यमान कर्माचार्य तथा सुजेन्द्रप्रसाद श्रेष्ठ, स्वागतम साकोसका रविन्द्र शाक्य, कामना साकोसका जर्नादन श्रेष्ठ, काठमाण्डौका भगवतीप्रसाद शर्मा, श्रमजीवी साकोसका गणेशमान दुवाल, सादना साकोस झापाका राजन सुवेदी, तनहुँका सविन चन्द्र घिमिरे, नेशनल डेभलपमेन्टका राजेन्द्रप्रसाद श्रेष्ठ तथा सुदर्शन प्रधान समान २–२ अंकमा रहेका छन् । त्यसैगरी नवसुलभ साकोसका अविरल राई, डायनामीक चेस एकेडेमीका विजय मगर, झापाका अनिश कुमार सुवेदी, अन्नपूर्ण माविका मोहम्मद अदनम अदिल, कन्काई साकोसका सुमन राई, काठमाण्डौका रमेश महर्जन, रुकुमका सरोज थापा, सर्लाहीका अनिल शाह तथा भक्तपुर साकोसका केशव मानन्धरले पनि समान २–२ अंक बनाएका छन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्रकार समाजको संयुक्त आयोजनामा जावलाखेल स्थित ताम्राकार समाज भवनमा जारी सिवानी एअर पाचौं कामना सहकारी चेस प्रतियोगिता अन्र्तगत मंगलबार चौथो तथा पाचौं चरणका खेल सञ्चालन हुनेछन् ।

Comment