बंगलादेश नेभीको अपराजित यात्रा कायमै


बंगलादेश नेभीले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगितामा सोमबार लगातार तेश्रो जित हात पारेको छ । दोहोरो लिग प्रणालीमा भइरहेको प्रतियोगितामा बंगलादेश नेभीले इनोभेटिभ बानेश्वरलाई ६६–५२ ले पराजित गर्दै अपराजित यात्रालाई कायम राख्यो । विजयी टिमका लागि मिथुन कुमारले २९ अंक योगदान गरे ।
पहिलो क्वाटरमा १८–१४ ले अगाडि बढेको बंगलादेश नेभी दोश्रोमा १५–२० ले परेपछि इनोभेटिभ समग्रमा १ अंकले अगाडि रह्यो । तेश्रोमा १७–१० र चौथोमा १६–८ को प्रदर्शन गर्दै बंगलादेश नेभीले जित सुनिश्चित ग¥यो । अर्को खेलमा साउथ साइडर्सले आयोजक विशाल मिलन केन्द्रलाई ७९–५९ ले हरायो । विजेताका विजय बुर्जाले ३० अंक जोडे ।
सुरुको क्वाटरमा २३–८ को अग्रता लिएको साइडर्स दोरुोमा ८–१९ ले पछाडि प¥यो । साइडर्सले तेश्रोमा ३७–९ स्कोर गर्दै जितको आधार खडा गरेको थियो । विएमके चौथोमा २३–११ ले अगाडि रहेपनि जित हात पार्न सकेन ।

Comment